Advertisement
SKIP THIS
नेपालको इन्डोनेसियासँग लज्जास्पद हार, अङ्क बिहिन बन्दै समूह चरणबाट बाहिरियो

काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको छ। ​

कुबेतको जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो। खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुआती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो।

खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २-० को अग्रता दिलाए। ५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इन्डोनेसियालाई ३-० को अग्रता दिलाए। लगत्तै ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए। खेलको ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इन्डोनेसियाको अग्रता ५-० पुग्यो। खेलको ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६-० को अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७-० को जित दिलाए।हारसँगै समूह ए मा रहेको नेपालले अंकविहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ।

नेपाल समूहको पुछारमा रह्यो। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो।

तपाईको प्रतिक्रिया