Advertisement
SKIP THIS
आगामी बर्षका लागी अछामका १० स्थानिय तहले कसले कती बजेट पाए ,हेनुहोस्

निराकरण खबर अछाम :अछाममा १० स्थानिय तहले आर्थिक बर्ष २०७९÷८० का लागी केन्द्र सरकारबाट ३ अर्ब ५८ करोड ३४ लाख बजेट पाएका छन ।
सबैभन्दा बढी साँफेबगर नगरपालीकाले र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालीकाले पाएको छ।

सबैभन्दा बढी पाएको साँफेबगर नगरपालीकाले ५३ करोड ५४ लाख र सबैभन्दा कम पाएको बान्नीगढी जयगढ गाउँपालीकाले २५ करोड १८ लाख पाएको छ । जिल्ला सदरमुकाम भएको मंगलसेन नगरपालीकाले ४२ करोड ५८ लाख, कमलबजारले ३४ करोड ९० लाख र पञ्चदेवल नगरपालीकाले ३७ करोड ६ लाख पाएको छ ।

यस्तै गाउँपालीकामा सबैभन्दा बढी रामारोशन गाउँपालीकाले ३७ करोड ४१ लाख,मेल्लेख गाउँपालीकाले ३२करोड ६० लाख,चौरपाटी गाउँपालीकाले ३२ करोड १८ लाख, तुर्माखाद गाउँपालीकाले ३५ करोड २३ लाख र ढकारी गाउँपालीकाले २७ करोड ६६ लाख बजेट पाएका छन ।

तपाईको प्रतिक्रिया