Advertisement
SKIP THIS
महँगा विद्युतीय गाडीको भन्सार दर बढ्यो

सरकारले विद्युतीय सवारी साधनको भन्सार दरमा हेरफेर गरेको छ । सरकारले नयाँ भन्सार दरलाई प्रगतिशील भनेको छ ।

मध्यम वर्गलाई विद्युतीय सवारी किन्न हतोत्साहित पनि नगर्ने र महँगा विद्युतीय सवारीको आयातलाई पनि केही हदसम्म निरुत्साहित गर्ने नीति अनुरुप यस्तो नीति लिइएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

अरुभन्दा कम मूल्य पर्ने १०० किलोवाटदेखि २०० किलोवाटसम्मका सवारीमा सरकारले अन्तशुल्क ४५ प्रतिशत कायम गरेको छ । १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले भन्सार शुल्क लगाएको छैन ।

तल्लो तहका गाडी निम्न मध्यम र मध्यम वर्गले चढ्ने भएकाले सरकारले अन्तःशुल्क नलगाएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

आर्थिक विधेयक २०७९/८० अनुसार १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ३० प्रतिशत काम गरेको छ । र अन्तःशुल्क दर ३० प्रतिशत नै कायम गरेको छ ।

३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तशुल्क दर पनि ४५/४५ प्रतिशत कायम गरेको छ ।

‘महँगा विद्युतीय सवारी चढ्नेहरुलाई दिइएको सुविधा घटाउने र तुलनात्मक रुपमा सस्ता विद्युतीय सवारी चढ्ने वर्गलाई विद्युतीय सवारीमा प्रोत्साहित गर्ने नीति अनुरुप यस्तो व्यवस्था गरेका हौ.,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने ।

पछिल्लो वर्षमा विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । साउनदेखि वैशाखसम्म करिब १५ सय वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको छ ।

तपाईको प्रतिक्रिया