Advertisement
SKIP THIS
६ सय १८ पालिकाको अन्तिम परिणाम सार्वजनिक, कुन दल कति

काठमाडौँ: स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ । ७ सय ५३ पालिका मध्ये ६ सय १८ पालिकाको अन्तिम परिणाम समेत सार्वजनिक भइसकेको छ । शुक्रबार बिहान ५ : ३० बजेसम्म अन्तिम नतिजा सार्वजनिक भएका ६ सय १८ नेपाली कांग्रेसले २ सय ७८ पालिका प्रमुख जितेको छ ।

एमालेले १ सय ७१ पालिकामा जित हासिल गरेको छ । माओवादीले १ सय ११ जितेको छ । जनता समाजवादी पार्टीले २३ पालिकाको मेयर पद जितेको छ ।  नेकपा एकीकृत समाजवादीले १४ पालिकाको प्रमुख पद जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ७ पालिका प्रमुख जितेको छ । अन्य विभिन्न दल र स्वतन्त्र उम्मेदवारले जम्मा २३ पालिकामा प्रमुख पद जितेका छन् । 

मतगणना जारी रहेका पालिकामध्ये प्रमुख पदमा सबैभन्दा अगाडि कांग्रेस छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । कांग्रेस ५२ पालिकाको प्रमुख पदमा अग्रस्थानमा हुँदा एमाले २५ पालिकामा अगाडि छ । माओवादी १० र नेकपा एकीकृत समाजवादी ५ पालिकामा अगाडि छ । यस्तै जनता समाजवादी १७ र लोसपा ५ पालिकामा अगाडि छ । ११ पालिकामा अन्य उम्मेदवार अग्र स्थानमा छन् ।

तपाईको प्रतिक्रिया