काठमाडौं:किशोर महत्वले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जिम्बावे ‘ए’ले २१४ रनको लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ले ३२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१३ रन बनायो ।
ओसिलो मैदान भएका कारण टस ढिला भएको खेल ३३ ओभरमा घटाइएको थियो । नेपालले पाँचौं ओभरको दोस्रो बलमा नेपालले पहिलो सफलता हात पार्यो । जिम्बावे ‘ए’का इनोसेन्ट काया १२ रन बनाएर किशोर महत्वको बलमा क्याच आउट भए ।
११ औं ओभरको अन्तिम बलमा टाडिवान्से मारुमानीलाई ५० रनको अर्धशतकीय पारी खेलेर आउट भए । उनी दिपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भए । १४ औं ओभरको चौथो बलमा नेपालले तेस्रो सफलता हात पार्यो । किशोर महत्वले कुन्दाइज माउन्देलाई ३९ रनमा क्याच आउट गराए ।
१७ औं ओभरको दोस्रो बलमा सोमपाल कामीले नेपाललाई चौथो सफलता दिलाए । उनले जोनाथन काम्बेललाई ३ रनमा क्याच आउट गराए । २७ औं ओभरमा तेस्रो बलमा किशोरले व्यक्तिगत चौथो र नेपालका लागि छैटौं विकेट लिए । उनले टोली मुयोन्गालाई २४ रनमा आउट गरे ।
करण केसीले नेपालका लागि २३ औं ओभरको दोस्रो बलमा पाँचौं सफलता दिलाए । उनले जुआवोलाई १६ रनमा क्याच आउट गराए । २८ औं ओभरमा चौथो बलमा रोयो काइ सातौं विकेटको रुपमा रन आउट भए । त्यसपछि ३० औं ओभरमा तेस्रो बलमा बार्ड इभान्सलाई क्याच आउट गर्दै आठौं विकेटको रुपमा क्याच आउट गरे ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।