Advertisement
SKIP THIS
बान्नीगढीमा विभिन्न पदका ३६ जनाले फिर्ता लिए उम्मेदवारी (नाम सहित)

निराकरण खबर अछाम: सुदूरपश्चिमका पुर्व मन्त्री झपट  बोहराका स्वकीय सचिव पंख शाह सहित कर्ण स्वारले  बान्नीगढी गाउँपालिका अध्यक्षको उम्मेदवारी फिर्ता लिएका छन।

उनिहरु दुबैजनाले निर्वाचन अधिकृतको कार्यालय बान्नीगढी जयगढ गाउपालिमा गई आफुले मनोनयन गरेको उम्मेदवारी फिर्ता लिएका हुन। यस्तै उपाध्यक्ष ३ वडाध्यक्ष ८ महिला सदस्य ४ दलित महिला सदस्य ५ र सदस्य १४ गरि कुल ३६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन।

यहि  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट टेक बहादुर साउद नेकपा एमालेबाट लोक बहादुर साउद स्वतन्त्रतबाट नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश ख का पुर्व सभापति डम्बर स्वार र प्रगति लेखक संघ अछामका अध्यक्ष तारा प्रशाद पाण्डे बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षको पदमा चुनावी मैदानमा होमिने भएका छन।

तपाईको प्रतिक्रिया