Advertisement
SKIP THIS
कांग्रेस अछामले टुंगायो १० ओटै पालिका प्रमुखमा उम्मेदवार

निराकरण खबर अछाम :नेपाली काग्रेस अछामले १० ओटै पालिका प्रमुखमा उम्मेदवारी टुंगाएको छ।

सत्ता गठबन्धन दलसँग गठबन्धनको कुरा नमिलेपछि कांग्रेस अछामले १० ओटै स्थानीय तहमा पालिका प्रमुखको नाम टुंगाएको हो।

क्षेत्र नं १ का ५ स्थानीय तह साफेबगर नगरपालिकामा राजेन्द्र कुँवर, बान्नीगढी जयगढ गाउँपालिकामा टेक बहादुर साउद, रामारोशन गाउँपालीकामा मान बहादुर साउद, मेल्लेख गाउँपालिकामा शेर बहादुर शाह र चौरपाटी गाउपालिकामा भिम बहादूर साउदलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै क्षेत्र नं २ का ५ स्थानीय तह मंगलसेन नगरपालिकामा नम बहादुर शाही, कमलबजार नगरपालिकामा यज्ञ प्रशाद ढकाल, पञ्चेदेवल बिनायक नगरपालिकामा अम्बिका चलाउने, ढकारी गाउँपालिकामा प्रकाश बहादुर साउद र तुर्माखाद गाउँपालिकामा कर्ण बहादूर बुढालाई उम्मेदवारी बनाएको छ।

तपाईको प्रतिक्रिया