निराकरण खबर अछाम: यहि बैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बन्न अछामको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का र उपाध्यक्ष लोक बहादुर साउदले राजिनामा दिएका
नेपाली कांग्रेसबाट बान्नीगढी जयगढ गाउँपालिका अछामको अध्यक्ष खड्का निर्वाचीत भएका थिए । यस्तै माओवादी केन्दबाट उपाध्यक्ष निर्वाचीत भएका साउद बैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बान्नीगढी जयगढ गाउँपालिका अछामको अध्यक्ष उम्मेदवार बन्न लागेका हुन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्ष खड्का र उपाध्यक्ष साउद निर्वाचीत भएका थिए ।