Advertisement
SKIP THIS
अछामका ५५ मतदान केन्द्र अति संवेदनशीलमा

निराकरण खबर अछाम:बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा ५५ मतदान केन्द्रलाई अति संवेदनशीलको सुचिमा राखिएका छन।

कुल २ सय ७ मतदान केन्द्र निर्धारण गरिएकोमा ५५ मतदान केन्द्रलाई अति संवेदनशीलमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।यस्तै अन्य ५४ संवेदनशील,२१ सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।

४ नगरपालिका  ,६ गाउँपालिका रहेको अछाम जिल्लामा १ लाख ५६ हजार २ सय ८० मतदाता संख्या रहेको छ। ०७४ सालको निर्वाचन भन्दा यो पटक २८ हजार ५ सय ४० मतदाता संख्या थपिएको छ। ०७४ सालको निर्वाचनमा १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेकोमा ३७ हजार ५ सय ५५ मतदाता निर्वाचनमा सहभागी नभएको तंथाक रहेको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि अछामका दश वटै पालिकामा बिहीबार एकै पटक निर्वाचन अधिकृतको कार्यालय स्थापना समेत भईरसकेका छन। निर्वाचन कार्यतालिका अनुसार स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले नियमित काम सञ्चालन गरिरहेका जिल्ला निर्वाचन कार्यालय अछाममा निमित्त निर्वाचन अधिकृत कृष्ण नायकले बताए ।

तपाईको प्रतिक्रिया