Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीका १ गाज्रामा सिलाइ कटाई सीप बिकास तालिमको समापन

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ गाज्रामा ३ महिने सिलाइ कटाई सीप बिकास तालिमको समापन गरिएको छ।

गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम अन्तर्गत ३ महिने सिलाइ कटाई सीप बिकास तालिमको शनिबार एक कार्यक्रमका बिच समापन गरिएको छ।

शनिबार बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ का अध्यक्ष हिरण्ड बहादुर खड्काको अध्यक्षतामा ३ महिने सिलाइ कटाई सीप बिकास तालिमको समापन गरिएको हो।

३ महिने सिलाइ कटाई सीप बिकास तालिमले जिबिकोपार्जन ,आत्म निर्भर र गरिबी न्यूनीकरण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास आफुले गरेको वडा अध्यक्ष खड्काले बताए ।

२०७८ माघ १३ गते देखि सुरु भएको सिलाइ कटाई सीप बिकास तालिममा वडा नं १ गाज्राका ३० जना महिला तथा किशोरीको सहभागी रहेको थियो ।

घर बसेर सीप सिक्न पाउँदा आफुहरु खुसी भएको तालिमबाट सिप सिकेकी महिला मनिषा खड्काले बताईन। आफुहरुले सिकेको सिपलाई सहि सदूपयोग गर्ने तालिममा सहभागीहरुले बताईन।

तपाईको प्रतिक्रिया