Advertisement
SKIP THIS
नेपाली कांग्रेसबाट देबिस्थानको अध्यक्षमा पुनः खड्का सिफारिस

निराकरण खबर अछाम:साफेँबगर नगरपालिका वडा नं ११ देबिस्थानमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा गणेश बहादूर खड्का सिफारिस भएका छन।

हालका वडा अध्यक्ष समेत रहेका नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सह सचिव समेत रहेका खड्कालाई नेपाली कांग्रेसले दोस्रो पटक देबिस्थानको वडा अध्यक्षमा सिफारिस गरेको हो।

जनता माझ लोकप्रिय बनेका खड्काले बाकी रहेका अपुरा कामहरु अब निर्वाचीत भएर पूरा गर्ने बताए।आम जनताको पिडा आफ्नै ठानेर काम गरेका वडा अध्यक्ष खड्काको देबिस्थानमा अझै पनि  आवश्यकता महसुस भएकोले पुनः सिफारिस गरिएको नेपाली कांग्रेस देबिस्थानले जनाएको छ।

तपाईको प्रतिक्रिया