Advertisement
SKIP THIS
पत्रकारिताबाट उदाएका पत्रकार दोय कुँवर चौरपाटी गाउँपालीका अध्यक्षको लागि सिफारिस

निराकरण खबर अछाम : नेकपा एकीकृत समाजवादीबाट चौरपाटी गाउँपालीका अछामको अध्यक्षमा २ पत्रकारको नाम सिफारिस भएको छ।

एकीकृत समाजवादीबाट चौरपाटी गाउँपालिका कमिटीले अध्यक्ष पदका समाजबादि प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष रेडियो हाम्रो सफलताका निर्देशक राजेन्द्र कुँवर र समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा रेडियो जनप्रियका निर्देशक तपेन्द्र कुँवर जनाको नाम सिफारिस गरेको छ ।

आसन्न बैशाख ३० गते हुन लागेको स्थानिय तहको चुनाबमा पालिका अध्यक्षको लागि पत्रकार दोय कुवर सँगै अन्य दुई जनाको नाम समेत गरेको छ।

हालका गाउँपालीका अध्यक्ष  हर्कबहादुर साउद र बम धामीको नाम सिफारीस गरेको छ।

साथै गाउँपालिकाको उपाध्यक्षको लागि मिना देबि साउद, बसन्ती बोहरा र हर्क लुहारको नाम सिफारिस गरिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया