Advertisement
SKIP THIS
रेडियो जनप्रिय एफएमको आयोजनामा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

अछाम:साँफेबगर नगरपालिकाको आयोजनामा नयाँ वर्ष २०७९ सालको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । सामुदायीक संञ्चार विकास तथा अध्ययन केन्द्रद्धारा संञ्चालित रेडियो जनप्रिय एफएमका अध्यक्ष प्रकाश शाहको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य शेर बहादुर कुँवर रहेका थिए ।

शुभकामना आदनप्रदान कार्यक्रममा वोल्दै संविधान सभा सदस्य कुँवरले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नयाँ वर्षमा भौतिक पुर्बाधार विकाश, आर्थिक सामाजिक रुपान्तरण र सुशासन कायम गर्दै सम्बृद्ध कायम गर्नको लागि सम्पूर्ण एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो । रेडियो जनप्रिय एफएमले विकास निर्माणका कार्यदेखि जनप्रतिनिधिलाई जिम्मेवार बनाउने काम गदै आएकोमा बचाए। विकास र सुशासनमा एफएमले महत्वपुर्ण भूमिका खेलेको उहाँको भनाई रहेको छ ।

उहाँले रेडियो जनप्रिय एफएमले स्थानीय भाषा, परम्परा र संस्कृतीको उठानमा सहयोग गर्दै सञ्चार क्षेत्रको विकास र प्रर्वद्धन गर्नु पर्नेमा सुझाव दिनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा जनप्रिय एफएमले महत्वपूर्ण भुमिका खेल्दै आएको बताए।

तपाईको प्रतिक्रिया