Advertisement
SKIP THIS
नेपाली कांग्रेस रामारोशन गाउँपालिकाले गठबन्धन नगर्ने

निराकरण खबर अछाम:नेपाली कांग्रेस रामारोशन गाउँपालिका कार्यसमितिले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने बताएको छ । बैशाख १ गते गाउँपालिका कार्यसमितिका सभापति मान बहादुर द्वारा हस्ताक्षरित एक प्रेस पत्रमा भनिएको छ।

यहि वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानिय तह निर्वाचनमा पाँच दलिय गठबन्धन गर्ने भन्ने केन्द्रिय कार्यसमिति र जिल्ला कार्यसमिति को सहमति नेपाली कांग्रेस रामारोशन गाउँपालिका कार्यसमितिको र सबै तह र तप्पकाका आममन्त्रित नेता कार्यकर्ताको २०७८/१२/३० गते बसेको बैठकद्वारा गम्भिर ध्यानकर्षण भएको पत्रमा उल्लेख गरिएको छ।

यस गाउँपालिकामा गठबन्धनको आवश्यकता नभएकोले ३० गते हुने निर्वाचनमा गठबन्धन गर्दा पदिय भागवण्डा र नेपाली कांग्रेसमा प्रतिकुल असर पर्ने तथा आम कार्यकर्तामा झन निराशा आउने भएको हुँदा सिंगो गाउँपालिका एकजुट भई स्थानिय निर्वाचनमा गठबन्धनको आवश्यकता नरहेकोले एक्लै चुनावि प्रतिसप्रर्धाको सम्मानजनक सफलता प्राप्त हुने निर्णय भएकोले रामारोशन गाउँपालिकामा कुनै पनि प्रकारको गठबन्धन स्विकार्य नहुने धारणा आम नेता तथा कार्यकर्ताबाट आएकोले नेपाली कांग्रेस रामारोशन गाउँपालिकामा गठबन्धन गर्न आवश्यक नरहेको जानकारी गराउदै गठबन्धन नगर्न अनुरोध गर्दछौं, भनी पत्रमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया