अछाम:नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र अछाम जिल्ला सह ईन्चार्ज तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका लोक बहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बान्नीगढी जयगढ गाउँपालिकामा एक औपचारिक कार्यक्रमका बीच उपाध्यक्ष साउदसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपट बहादुर बोहराले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गर्दै उपाध्यक्ष साउदले साविकको नेकपा तथा वाम एकताको निरन्तरता स्वरुप आफूलगायतका नेता एमालेमा समाहित भएको बताए ।
एमालेमा प्रबेस गरेका उपाध्यक्ष साउद आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष पदका निर्वाचन लड्न एमालेका एक नेताले बताए ।
त्यसैको अनुरुप एमालेमा प्रबेश गरेका समाचार स्रोतले बताएको छ।