Advertisement
SKIP THIS
बान्नीगढी गाउँपालिका भित्रका भुमिहिन, अब्यवस्थित र सुकुम्बासीहरुको तथ्यांक हस्तान्तरण

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिका भित्रका भुमिहिन, अब्यवस्थित र सुकुम्बासीहरु तथ्यांक हस्तान्तरण हस्तान्तरण गरिएको छ।

मंगलबार एक कार्यक्रमका बिच बिकास र समाजिक परिवर्तनका लागि संञ्चार (एफएमडिसी)का अछाम संयोजक गणेश बहादुर तिरुवाले गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई हस्तान्तरण गरे।

बान्नीगढी जयगढ गाउँपालीका भित्र रहेका भूमिहीन,सुकुम्बासी र अब्यवस्थितहरुका समस्या समाधान गर्न गाउँपालीकाको आर्थिक सहयोगमा एफएमडिसीले कार्यक्रम सञ्चालन गरेको थियो ।प्रत्येक वडाका २ जना तथ्याङ्ककर्ता हरुले घर घरमा गई तथ्याङ्क संकलन गरेका थिए । पालिका भित्र १ सय ८० जनाको तथ्यांक संकलन गरिएको छ।

संकलित तथ्यांकहरु मध्येबाट अति बिपन्न  कालिका र दर्नाका करिव १० जनालाई तत्काल पुर्जा बितरण गर्न पहल गर्ने समेत निर्णय गरिएको छ।

कार्यक्रम बान्नीगढी जयगढ गाउँपालीका उपाध्यक्ष लोक बहादुर साउद, वडा नं १ का अध्यक्ष हिरिण्ड बहादुर खड्का, वडा नं २ का अध्यक्ष नेत्र बहादुर साउद, वडा नं ५ कालिका अध्यक्ष लाल बहादुर कामी वडा नं ६ दर्नाका अध्यक्ष कृष्ण बहादुर कडायत कार्यपालिका सदस्य लक्ष्मि सुवर्णकार यशोदा बोहरा लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया