Advertisement
SKIP THIS
बहुक्षेत्रिय पोषण कार्यक्रमको प्रभावकारीता बढ्दै,अध्यक्ष खड्का

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बहुक्षेत्रिय पोषण कार्यक्रमको प्रभावकारीता बढ्दै गएको बताएका छन ।

मंगलबार पालिकामा भएको प्रभावकारी बहुक्षेत्रिय पोषण सेवा, जनताको अधिकार बान्नीगढी जयगढ गाउँपालिका बहुक्षेत्रिय पोषण योजना गाउँपालिका स्तरीय पोषण खाघ सुरक्षा निर्देशन समितिको नियमित बोल्दै अध्यक्ष खड्काले सो कुरा बताए ।

बहुक्षेत्रिय पोषण संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष  खड्काले स्वास्थ जीवन र उज्ज्वल भबिस्यको आधार गर्भ रहे देखि १००० दिनसम्मको अवधिमा निर्धारण हुने हुदाँ बहुक्षेत्रिय पोषण कार्यक्रमबाट नै सुनौला हजार दिनका बारेमा जानकारी प्राप्त भएको बताए ।

गाउँपालीकाले पोषणका क्षेत्रमा आवश्यक बजेट बिनयोजन गरेको बताउदै सबै शाखाहरुलाई कामको प्रभावकारीता देखिने गरि बजेट खर्च गर्ने आग्रह गरे। खाघ सुरक्षामा समेत बहुक्षेत्रिय पोषण कार्यक्रमले महत्त्वपूर्ण योग्दान गरेको बताए। बैठकमा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गतका सबै शाखाहरुले गरेको कामको प्रगति बिवरण र गर्न बाकी कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया