Advertisement
SKIP THIS
अछाममा भारतमा चोरी गरेको आरोप २ जना प्रकाउ

निराकरण खबर अछाम:भारतबाट चोरी गरी आएको आरोपमा २ जनालाई अछाम प्रहरीले प्रकाउ गरेको छ।

भारतको सिमला राज्यबाट फेब्रुअरी २४ तारिखमा नगद सहित अन्य सामग्री चोरी आरोपमा सोमबार मेल्लेख गाउँपालीका ४ का दिपक साउद र  सोही ठाउँका जगत साउदलाई उनिहरुकै घरबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रबिराज थपलियाले बताए ।

उनिहरुले  भारतबाट चोरी गरी चोरी गरेका सामान सहित नेपाल प्रवेश गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई प्रकाउ गरिएको प्रहरी प्रमुख थपलियाले बताए ।चोरीमा संग्लन एक जना अझै फरार रहेका छन। उनिहरुले ३ सुनका ब्रास्लेट, घडि ४ , मोबाइल २ सेट  र भारु २ लाख ८० हजार चोरी गरेको  आरोप छ।

तपाईको प्रतिक्रिया