Advertisement
SKIP THIS
डोटीमा बैँकर्स क्लब गठन, सामाजिक कार्य गर्ने उदेश्य

निराकरण खबर डोटी :डोटीकाे दिपायलमा  बैँकर्स क्लब गठन भएको छ।

शनिबार एन आई सी एसिया बैंक दिपायल शाखा प्रमुख तपराज भट्टको अध्यक्ष्ातामा ११ कार्यसमिति गठन भएको छ।

क्लबको उपाध्यक्षमा  डिप्राेक्स माईक्राे फाईनान्सका प्रबन्धक चेतमान बाेहरा महालक्ष्मी बैंकमा शाखा प्रबन्धक डिल्लिराज भट्ट सचिवमा ग्लाेबल आईएमि बैंकका भास्कर प्रसाद जाेशी, कोषाध्यक्षमा एन एम बि बैंकका लक्ष्मण भट्ट सहसचिवमा एन आई सि एसिया माईक्राे फाईनान्सका प्रबन्धक हेम राज पाठक
चयन भएका छन।

बैँकर्स क्लब गठन भएसँगै सदस्यहरु बिच सीपकाे अनुभव आदान प्रदान गर्ने , क्षमता अभिवृद्दिका लागि सहयाेग गर्ने, स्थानिय स्थरमा सामाजिक कार्यहरुमा कर्मचारीहरुकाे सामुहिक प्रयास मार्फत सहयाेग गर्ने,बैक तथा वित्तिय सँस्थाहरुमा कार्यरत कर्मचारीहरु विच आपसि एकता,सद्भावना, भातृव शिष्टाचारकाे भावना अभिवृद्दि गर्ने र कर्मचारिका हक हितका लागि कृयाशिल हुने कोषाध्यक्षमा लक्ष्मण भट्टले बताए ।

यस्तै क्लवले सामाजिक उत्तरदायित्व वहन गर्ने ,रक्तदान , प्रकाेपमा परेका हरुकाे उद्दार कार्य,स्वास्थ शिविर सन्चालन , नगर सरसफाई रहेको  क्लबका सदस्य ग्लाेबल आई एम ई पिपल्लाका  कर्मचारी तर्थ बहादुर मल्लले बताए । बैँकर्स क्लब डाेटी जिल्ला प्रशासनमा दर्ताकाे लागि प्रकियामा समेत रहेको छ।

तपाईको प्रतिक्रिया