अछाम: अछाममा नेकपा एमालेले म्यादी प्रहरीमा निकटका मान्छे सिफारिस गरेको पत्र सार्वजनिक भएको छ। ठकुरी नरेन्द्र फेसबुक एकाउन्टबाट पत्र सार्वजनिक भएपछि यति खेर सिफारिस गरेको पत्र भाइरल बनेकाे छ।
नेकपा एमाले जिल्ला कमिटीले म्यादी प्रहरीमा छनोट गर्न भन्दै ३० जनाको नाम सिफारिस गरेको छ।म्यादीमा सिफारिस गरिएको पत्र सार्वजनिक भएपछि अछाम एमालेको आलोचना भइरहेको छ। एमाले अछामको लेटर प्याडमा एमाले अछामको छाप सहितको सिफारिस गरिएको छ।
यस विषयमा एमाले अछामका अध्यक्ष चन्द्र बोहरासँग बुझ्न खोज्दा फोन उठेन। 









