धनगढी:मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्।
एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको हो। उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो। यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजबादीकै कुलबीर चौधरी नियुक्त भएका छन्।
अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन्। सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजबादीले फिर्ता बोलाएको छ।नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाइएको छ। लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेनका थिएनन्।
तर स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदुरपश्चिमा असर पर्ने भएपछि काँग्रेसलाई सरकारमा सहभागी गराइएको हो। प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसद छन्।









