निराकरण खबर अछाम: बान्निगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले ‘अनाथ असहाय बालबालिका सँग गाउँपालिका अध्यक्ष अभियान’ अन्तरगत शुक्रबार गाउँपालीकाका वडा नं १ गाज्रा वडा नं ३ बरदादेबि र वडा नं ४ का आर्थिक अवस्था कमजोर बालबालिकालाई शैक्षिक सामाग्री, स्कुल पोसाक, कपि बितरण साथमा पोसाक सिलाउनु प्रति बिधार्थी रु १ हजार सहयोग गरेका छन।

अनाथ असहाय बालबालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने उदेश्यका साथ अनाथ असहाय बालबालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने उदेश्यका साथ शैक्षिक सामाग्री सहयोग गरिएको गाउँपालीका अध्यक्ष खड्काले बताए ।
स्थानिय तहमा निर्बाचनका ताका उम्मेदवार भएको बेला आफुले गरेको बाचा र प्रतिबद्धता अनुसार नै आफुले पाउदै आएको पारिश्रमिकबाट काटेर पालिका सहयोग गरिएको अध्यक्ष खड्काले बताए ।
गाउँ शिक्षा समितीका प्रकाश ताम्राकारको अध्यक्षमा सम्पन्न भएको कार्यक्रम वडा नं ३ का वडा अध्यक्ष कुल बहादुर सेठ्ठी बिशिस्ट अथिती रहेका थिए ।












