निराकरण खबर अछाम:अछामको कर्णाली नदिमा एक जनाको शव फेला परेको छ।
सोमबार जिल्लाको पञ्चदेवल बिनायक नगरपालीका ९ स्थित कर्णाली नदिको क्षेत्रमा कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालीका ८ का ४१ बर्षिय पुरुष पुर्ण बहादुर बिष्ट शव फेला परेको हो।
बिष्ट कर्णाली नदिमा माछा मार्न क्रममा ढुङ्गाबाट चिप्लन गई नदिमा बगि बेपत्ता भएका थिए , उनको शव मंगलबार अछामको पञ्चदेवल बिनायक नगरपालीका ९ स्थित कर्णाली नदिको क्षेत्रमा फेला परेको ईलाका प्रहरी कार्यालयलाई उद्दित गर्दै जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।










