Advertisement
SKIP THIS
मंगलसेनमा सम्पन्न मेयरकपको उपाधि बान्नीगढी जयगढ गाउँपालीकालाई

अछाम : अछामको मंगलसेन नगरपालिकाले आयोजना गरेको मेयर कप भलिबल प्रतियोगीताको उपाधि बान्नीगढी जयगढ गाउँपालिकाले उचालेको छ ।

मंगलबार उपाधिका लागी भएको फाईनल खेलमा आयोजक मंगलसेन नगरपालिकालाई पराजित गर्दै बान्नीगढी जयगढ गाउँपालिकाले उपाधि उचालेको हो ।

बान्नीगढीले आयोजक मंगलसेन नगरपालिकालाई ३–१ को सोझो  सेटमा हराएको हो ।खेल अवधिभर बान्नीगढी जयगढ गाउँपालीकाले मंगलसेन नगरपालिकालाई पुर्ण दवाबमा राखेको थियोे ।

बान्नीगढी मेल्लेख र मंगलसेन साफेबगर नगरपालिकालाई हराउँदै फाईनलमा पुगेका थिए।जित संगै उपाधि विजेता बान्नीगढी जयगढ गाउँपालिकाले १ लाख ११ हजार १ सय ११ नगद सहित कप, मेडल र प्रमाण पत्र हात पारेको छ, भने द्वितीय भएको आयोजक मंगलसेन नगरपालिकाले ५५ हजार ५ सय ५५ नगद सहित कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

तपाईको प्रतिक्रिया