निराकरण खबर बाजुरा:बाजुरा जिल्लाको उत्तरपूर्वी कर्णालि पारीको गाउपालिका स्वामिकार्तिक खापर गाउपालिकाको अध्यक्षका लागि नेपाली काँग्रेस स्वामिकार्तिक खापर गाउँकार्य समितीका सभापति महेश कटेलले दाबि गरेका छन् ।
काँग्रेस गाउँपालिका कार्यसमितीले काँग्रेस पाटी भित्र गाउपालिकाको अध्यक्षका लागि इच्छुहरुले आवेदन दिन सूचना जारी थियो । सूचना जारी भएपछि आज सभापति कटेलले पाटी भित्र आफ्नो नाम दर्ता गदै गाउपालिकाको अध्यक्षमा दाबि गरेका हुन ।
पार्टीको १४ औँ महाधिवेशमा पाटी सभापतिा निर्वाचित भएका कटेलले आगामी बैशाखमा हुने स्थानिय तहको निर्वाचनका लागि उनले गाउँपालिकाको अध्यक्षका लागि दाबि गरेका हुन । स्वामिकार्तिक खापर गाउपालिका थुपै सम्भावना बोकेको गाउँपालिका भएको र यस गाउँपालिका लाई मोडेल गाउँपालिका बनाउन आफ्नो गाउँपालिकाको अध्यक्षमा उम्मेद्धवारी रहेको सभापति कटेलले बताएका छन् ।
मजबुत काँग्रेस निमार्ण संगै मोडेक स्वामिकार्तिक गाउपालिका बनाउने आफ्नो सपनालाई पुरा गर्न आफ्नो गाउँपालिकाको अध्यक्षका लागि उम्मेद्धवारी रहने उनले बताए । सभापति कटेलले भने“इनरजेटीक काँगेस निमार्णमा म सधैँ मैदानमा छु र पाटीलाई सक्षम र गतिशिल बनाउन पाटीमा म लगायत यस गाउपालिकाका काँग्रेस नेता कार्यक्रताको भुमिका महत्वपूर्ण हुन्छ” उनले अगाडी जोडे“ सपना सबै संग हुन्छ म संग पनि आम नागरिक र समग्र गाउपालिकाको बिषयमा एउटा सपना छ, त्यो सपना पुरा गर्न मेरो पाटी भित्र अध्यक्षको दाबि गरेको हुँ तर पाटीले गरेको निर्णय भन्दा म एक इन्चपनि बाहिर रहदैन”। गाउँपालिकाको अध्यक्षका लागि सभापति कटेल संगै काँग्रेस भित्र ६ जनाले दाबि गरेका छन् ।










