Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकामा पालिका स्तरिय मेयर कप पुरुष भलिबल प्रतियोगिता उदघाटन

अछाम:मंगलसेन नगरपालिकामा पालिका स्तरिय मेयर कप पुरुष भलिबल प्रतियोगिता उदघाटन गरिएको छ । संविधान सभा सदस्य भैरे कामीले मेयर कप पुरुष भलिबल प्रतियोगिता उदघाटन गरे ।

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य कामीले राष्ट्रलाई चिनाउने खेलाडीले भएकाले खेलाडीलाई अनुशासीत भएर खेल प्रदर्शन गर्न आग्रह गरे। खेलसँग हरेक युवा जोडिने भएकाले स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

मंगलसेन नगरपालिकाले निर्माण गरेको मंगलसेन बृहत खेलमैदानमा सुरु भएको प्रतियोगितामा निर्माण प्रतिवेदन प्रस्तुत गर्दै नगर प्रमुख बोहराले कर्बड हल सहित खेलमैदानमा क्रिकेट, भलिबल, फुटबल, ब्याडमिन्टन प्रतियोगिता लगाएतका खेलहरु संचालनका लागि ३९ रोपनी जग्गा क्षेत्रफल पुर्‍याउने लक्ष्य रहेको बताए । हालसम्म १९ रोपनी २ आना जग्गा रहेकाले ३० बर्षसम्म लिजमा लिईने खेल मैदानको १९ करोड १५ लाख १३ हजार ८० रुपैया बयालिस पैसाको डिपिआर तयार गरिएको नगर प्रमुख बोहराले बताए ।

तपाईको प्रतिक्रिया