Advertisement
SKIP THIS
जनताले बहुमतको सरकार बनाई दिदा पनि कम्युनिस्टहरुले चलाउन सकेनन् :सभापति बलायर

अछाम:कम्युनिस्टहरुले जनतालाई चुनावताका बेला देखाएका आश्वासन पुरा गर्न नसकेको नेपाली काङ्ग्रेस सुदुरपश्चिम कार्यसमिति सभापति तथा पुर्व मन्त्री वीर बहादुर बलायरले बताएका छन् ।

नेपाली जनतालाई चुनावताका बेला विभिन्न झुटा आश्वासन देखाइ जनताले दुई तिहाइ बहुमतको सरकार बनाईदिदा पनि कम्युनिस्ट हरुले सरकार चलाउन नसकेको आरोप लगाए ।

नेपाल प्रेस युनियन अछाम द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति बलायरले केपि वलिले आफू  नेतृत्वको दुई तिहाइको सरकार चलाउन नसकेपछी अन्ततः संविधान र लोकतन्त्रको रक्षाकाे लागि नेपाली काङ्ग्रेसले सरकार चलाउनु पर्ने बाध्यात्मक परिस्थिति आएको बताए ।

नेपाली काङ्ग्रेसको घर घर जाँउ काङ्ग्रेस जिताऔं अभियान अन्तर्गत अछाम जिल्लाको बिशाल आमसभा लाई सम्बोधन गर्न अछाम पुगेका बलायरले पत्रकार सम्मेलनमा बोल्दै

कम्युनिस्ट बाट लोकतन्त्र खतरामा पर्ने भएकाले नेपाली काङ्ग्रेसले स्थापित गरेको लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्ने बताए ।

मुलुक अफ्ट्यारोमा पर्दा हरेक समय काङ्ग्रेसले बचाउने गरेको भन्दै उनले
बाँम गठबन्धनबाट अघिल्लो निर्वाचनमा दुई तिहाईको दम्बको शासनले जनतालाई पैतालामा कुल्चेर लोकतन्त्रको धज्जी   उडाउने काम ओलि सरकारले गरेका्ले अन्तिममा देश बचाउने जिम्मा काँग्रेसको आएको बताए ।

चुनावको मिति घोषणा भएसंगै गाउँ गाउँमा गएर कम्युनिस्ट हरुले जनता माझ विभिन्न भ्रम हरु छरिरहेकाले त्यस्ता भ्रमको पछी नपर्न आग्रह गर्नुभयो ।

नेपाली जनता र देशको पार्टी नेपाली काङ्ग्रेस मात्रै भएकोले काङ्ग्रेसका  विभिन्न तह र तप्काका सम्पुर्ण नेता कार्यकर्ताहरुले एकताबद्ध तरिकाले अघि बढ्न पर्ने बताउनु भयो ।

अबको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टी लाइ मुलुककै पहिलो दल बनाइ मुलुक र जनताको निकास दिन काङ्ग्रेस अग्रसर बन्ने बताए ।

कार्यक्रममा प्रदेश महामन्त्री मेघराज खड्का ,सहमहामन्त्री अम्बिका चलाउने ,अछाम पार्टी सभापति पुष्प बहादुर शाह, नि बर्तमान सभापति भरत कुमार स्वार लगायतको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया