अछाम:साँफेबगर नगरपालिकाको आयोजनामा पहिलो पटक उपमेयर कप महिला भलिवल प्रतियोगितामा सुरु भएको छ । बिहिबार नगर उपप्रमुख विर्मलादेवि वुड्थापाको अध्यक्षतमा भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले उद्घाटन गरे । उपमेयर कप महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै समन्वय प्रमुख कुँवरले खेलकुद क्षेत्रको विकासको लागि राज्यको ध्यान जानु पर्नेमा जोड दिए । उनले साँफेबगर जस्तै जिल्लाका अन्य स्थानीय तहले पनि प्रतिभाको खोजी गर्नुपर्नेमा जोड दिए । खेल क्षेत्रमा पुरुषलाई मात्रै नभई महिलालाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा वोल्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले ग्रामीण क्षेत्रमा लुकेर रहेका महिला भलिबल खेलाडीको क्षमता अभिवृद्धि र हौसला बढाउनको लागि महिला कपको आयोजना गरिएको बताए ।। यस प्रतियोगिताले महिलालाई खेल क्षेत्रमा लाग्नको लागि हौसला प्रदान गर्ने बताए
नगर उपप्रमुख विर्मलादेवि वुड्थापाले पुरुष सरह महिलाले पनि भलिबल खेल्न सक्छन् भन्ने सन्देश दिन पनि प्रतियोगिताको आयोजना गरिएको बताईन। जिल्ला स्तरमा आयोजना हुने विभिन्न प्रतियोगितामा पुरुषको मात्रै वढी सहभागिता हुँदा महिला अवसरबाट बन्चित भएकाले महिलाको पनि खेल क्षेत्रमा सहभागिता होस भनेर प्रतियोगिताको आयोजना गरिएको उप प्रमुख वुड्थापाले बताईन ।
अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले खेल क्षेत्रको विकासको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्माले खेलाडीको जीवन निर्वाहको लागि राज्यले ध्यान दिन नसकेको बताए। खेलाडी राष्ट्रका गहना भएकाले उनिहरुको जीवन रक्षाको लागि राज्यले भक्ताको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
शुक्रबार भएको पहिलो प्रतियोगिता कमलवजार नगरपालिकालाई पराजित गर्दै साँफेबगर विजयी भएको छ । आजै भएको दोस्रो खेलमा मेल्लख गाउँपालिकालाई पराजित गर्दै वाजुराको गौमुल गाउँपालिका विजयी भएको छ । प्रतियोगितामा ४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ र, दोस्रोलाई ५५ हजार ५ सय ५५ हजार, तेस्रोलाई ३३ हजार ३ सय ३३ र सान्तवना स्थानका लागि ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार, कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।









