Advertisement
SKIP THIS
अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु

निराकरण खबर  अछाम: अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीमा बुधबार  साँझ ८ बजे दुर्घटना हुँदा गाडी चालक भुपेन्द्र शाहीकाे मृत्यु भएको हो।

बिनायकबाट खाद्यान्न सामान लिएर लयाँटी जाने क्रममा लयाँटीकै बबाचाैरमा भे.१ त ८९३४ नं.को ट्याक्टरको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको  छ ।

दुर्घटनामा परि घाइते भएका उनलाई बिनायकमा सामान्य उपचार पछि जिल्ला अस्पताल मंगलसेन रेफर गरिएका उनको जिल्ला अस्पताल मंगलसेनमा मृत्युु भएको हो।

तपाईको प्रतिक्रिया