Advertisement
SKIP THIS
निजामती कर्मचारी युनियनद्वारा जिल्ला प्रशासन कार्यालय डोटिलाई ज्ञापन पत्र बुझायो

राज पार्की, डोटि :देशभरिका ७७ जिल्लामा ज्ञापनपत्र बुझाउने क्रममा नेपाल निजामती कर्मचारी युनियनद्वारा जिल्ला प्रशासन कार्यालय डोटिलाइ ज्ञापन पत्र बुझाएको छ । नेपाल निजामती कर्मचारी युनियन डोटि जिल्लाका अध्यक्ष लाल बहादुर बोगटी द्वारा डोटिका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टलाई ९ बुदे ज्ञापन पत्र बुझएका हुन ।

देश संघीय व्यवस्थामा गएको लामो समय भैसक्दा पनि संघिय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवम् मार्गदर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्य र अस्थिरताको भूमरीमा परेको र सार्वजनिक सेवा प्रवाहकाे प्रमुख माध्यमको रुपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको बिषय बनेको छ ।

यस बिषयमा नेपाल निजामती कर्मचारी युनियनले नेपाल सरकारले र सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएको भनी चिन्ता व्यक्त गरेको छ
सरकारद्वारा सार्वजनिक प्रशासनका बिश्वब्यापी आधारभूत मूल्य मान्यता एवं कानुनका सर्वमान्य सिद्धान्त समेतलाई मनन गरी नेपाल निजामती कर्मचारी युनियन बाट संलग्न सुझावहरुलाई यथाशीघ्र संघिय निजामती सेवा ऐन जारी गर्न प्रमुख जिल्ला अधिकारि मार्फत नेपाल सरकार समक्ष माग गरेका छन ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी  बिष्टले ज्ञापनपत्रमा भएका विषयहरु अत्यन्तै गहन, महत्त्वपूर्ण र सान्दर्भिक भएकाले प्रधानमन्त्रीको कार्यालय पठाइदीने प्रतिबद्धता जनाएका छन । ज्ञापनपत्र बुझाउने क्रममा नेपाल निजामती कर्मचारी युनियन डोटि जिल्लाका डेढ दर्जन भन्दा बढी कर्मचारी र पत्रकारको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया