Advertisement
SKIP THIS
अछामको तुर्माखाँद गाँउपालिका पहिलो पटक राष्ट्रिय प्रशारण लाईनमा जोडियो

अछाम:जिल्लाको पूर्वी क्षेत्रमा रहेको तुर्माखाँद गाँउपालिकामा पहिलो पटक बिजुली बत्ति पुगेको छ । राष्टिय प्रसारण लाईन अन्र्तगत पहिलो पटक बिद्युत पुगेको गाउँपालिकाले जनाएको छ ।

सोमबार एक कार्यक्रमका बिच राष्टिय प्रसारण लाईनको उद्घाटन गरिएको पालिका अध्यक्ष पुष्पराज शर्माले बताए । पालिकामा बिजुली बत्तीको लाइन विस्तार भएसैगं आज उदघाट्न गरिउको उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवँर, उपप्रमुख टोप बहादुर रावल, अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनी, प्रहरी प्रमुख, राजनितिक दलका प्रमुख प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया