निराकरण खबर अछाम :अछाममा म्यादी प्रहरी भर्नाका दोब्बर बढीले आबेदन दिएका छन ।कुल माग भएको १ हजार २ सय ३२ जनामा २ हजार १५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए। उनका अनुसार ३ सय ४१ जना महिला र १ हजार ६ सय ७४ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदन दिएका छन ।
सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिने समय तोकेको थियो। दरखास्त दिएकाहरुको छनोट प्रक्रिया १५ चैतदेखि प्रारम्भ हुने, नतिजा प्रकाशन २२ चैतसम्म गरिने र २८ गतेदेखि प्रशिक्षण सुरू गरिने जनाइएको छ ।
म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन्। उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ।









