निराकरण खबर अछाम: नेकपा एमालेका नेता डा. भीम रावलले नेकपा एमाले फुट्दा केही फरक नपर्ने बताउनेहरु दिमाग ठिक नभएको बताएका छन् ।
एमाले अध्यक्ष केपि शर्मा ओली तर्फ ईङ्गित गर्दै पुर्ब उपाध्यक्ष समेत रहेका रावलले पार्टीमा आफ्ना नेता तथा बाहिर जादा कुनै फरक नपर्ने तर अरु पार्टीबाट आफ्नो पार्टी आउदा ताली बजायर खुसि हुने ,त्यस्तो मान्छेले न देश , न पार्टी बनाउने बताए ।
शनीबार गृह जिल्लाको साफेबगर नगरपालीका ४ मा नेकपा एमालेको प्रथम वडा भेलालाई सम्बोधन गर्दै नेता रावलले सो कुरा बताए ।
अर्को फरक प्रसगंमा बोल्दै पुर्ब उपप्रधान मन्त्री समेत रहेका नेता रावलले माथील्लो कर्णाली जलबिधुत आयोजना २ बर्षमा बन्ने भनेर सम्झौता भएको तर अहिले सम्म समेत नबनेको उल्टै कर्णाली नदीका कांग्रेस सरकाले भारतको एकाधिकार बढाई दिएको बताए ।
कार्यक्रम अवधिभर नेपाली कांग्रेस प्रति निकै आक्रामक देखिएका नेता रावलले नेपाली काँग्रेसले आज भन्दा ७० बर्ष अघि कोशि, गण्डकी, महाकाली लगाएतका विभिन्न सन्धी सम्झौता गरेर धोका दिएको बताए ।उनले कपडा कारखाना, कागज कारखाना, इट्टा र जुत्ता कारखाना जस्ता विभिन्न कल कारखानाहरु कौडीको मुल्यमा बेचेका कारण नेपाली काँग्रसको विरोध गर्नु परेको बताए ।









