निराकरण खबर अछाम:अछाममा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा ३ जना घाइते भएकी छन।
शनिबार बिहान जिल्लाको मंगलसेन नगरपालिका वडा नं ८ वलिगाउँकि ३४ बर्षिय लक्ष्मी भाट, २२ बर्षिय सस्वती भाट र सोहि ठाउँकि २२ बर्षकी सोबिता भाट घाइते भएकी हुन ।
शनिबार बिहान ९:४० बजे बलिगाउँ स्थित घर लिपपोतको लागि माटो खन्ने क्रममा माटाको ढिस्कोले पुर्दा उनिहरु घाइते भएकी हुन ।
उनिहरुको जिल्ला अस्पताल मंगलसेन अछाममा उपचार भईरहेको लक्ष्मी भाटको अवस्था मध्यम र अन्य दुई जनाको अवस्था सामान्य रहेको अछामका प्रहरी प्रमुख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए।









