निराकरण खबर अछाम :अछाममा घरको छतबाट खसेर एक बालक घाइते भएका छन् ।
शुक्रबार बेलुका जिल्लाको साफेँबगर नगरपालिका वडा नं ३ सिद्धेश्वरका ७ बर्षिय बालक दशरथद बुढा आफ्नै दुईतले घरको छतबाट खसेर घाइते भएका हुन।
घाइते बालकको टाउको,दुबै आँखा,नाकमा चोट लागेको छ। उनलेे बयालपाटा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।









