Advertisement
SKIP THIS
समाजसेवाको अर्को नाम सन्तोष खड्का (बाबू), वडा अध्यक्षको उम्मेदवार बने

नारायण रावल टीकापुरःयुवा उमेरमा हरेक युवाको चाहान हुन्छ ,राम्रो ठाउँमा जागिर जागरि खाने । तर टीकापुरका सन्तोष खड्का (बाबू) भने जागिरे हैन , समाजसेवि बनेर समाजको निम्ती काम गरिरहेका हुन्छन । असक्त ,एकल राज्यको नजर नपरेको समूहमा उनको सहयोग हुन्छ । हरेक बिपत्तीमा सन्तोष खड्का (बाबू) कयौंका साहार बनेका छन ।


बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालीका वडा नं ६ नारायणपुरको वडा अध्यक्षमा सन्तोष खड्का (बाबू)ले उम्मेद्धारी दिने यस अघिनै उद्दघोष गरिसकेका छन । वडा अध्यक्षमा निवाचीत भएपछी पाउने सेवा नलीने सो रकम त्यही राज्यको आखाँ पुग्न नसकेको नागरिकका लागि खर्च गर्ने सन्तोष खड्का (बाबू)ले बताए ।

२०६४ सालबाट नेपाली कांग्रेसको राजनीतिमा प्रबेश गरेका खड्का गएको स्थानीय तहको निर्वाचनमा समेत वडा अध्यक्षमा उम्मेदवारीको रुपमा प्रस्तुत भएका थिए । त्यसबेला पार्टीको नेतृत्व तहले आगामी निर्वाचनमा टिकट दिने भनेर समेत बाचा गरेकोले समेत यसपटक वडा अध्यक्षमा खड्काले बलिया प्रतिस्पर्धीको रुपमा देखिएका छन।

नेपाली कांग्रेसमा ईमानदार,क्षमतावान नेतृत्वको रुपमा छवि बनाएका खड्का समाजसेविको रुपमा समेत परिचीत छन । ामाजसेवामा अब्बल खड्का युवा सहित आम नागरिकमा लोकप्रिय रहेका छन् ।खड्काले वडा अध्यक्षको जिम्मेवारी दिनुपर्नेमा सचेत नागरिकको माग रहेको छ।


नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैंक तथा सहकारी विषयगत समितिको विज्ञका रुपमा खड्का काम गर्दै आएका छन् ।यस्तै खड्का नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको यूवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको केन्द्रीय सदस्य, टीकापुर जेसिसका कार्यकारिणी उपाध्यक्ष र टीकापुर उघोग बाणिज्य संधका सदस्य समेत रहेका
छन् ।

देश बिकाशको लागि सबैभन्दा पहिले तल्लो तह टोल, वडा भएमात्र सिङ्गो देश बिकास हुने बैशाख ३० गते हुने आसन्न स्थानीय तहको वडा अध्यक्षका बलिया उम्मेदवार सन्तोष खड्का(बाबू)ले बताए।

तपाईको प्रतिक्रिया