निराजन भण्डारी अछाम:घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ढकारी गाउँपालिकामा १ महिने हाउस वाईरिङ तालिमको उद्घाटन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय अछामका प्रमुख जय बहादुर साउँदको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा ढकारी गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढा रहेका थिए ।
तालिम उद्घाटन कार्यक्रम बोल्दै अध्यक्ष बुढाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु पर्ने कुरामा जोड दिए ।
घरेलु तथा साना उद्योग कार्यालय अछामले पालिकाका बेरोजगार नागरिकको लागि सिपमूलक तालिम सञ्चालन गरेको भन्दै धन्यबाद दिए ।
ढकारी गाउँपालिकाको समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालयको अछामको आयोजनामा आज बाट सुरु भएको हाउस वाईरिङ तालिममा पालिकाका करिब १५ जना नागरिकको सहभागिता रहेको छ ।
तालिममा हाउस वाईरिङ गर्ने तरिका बारेमा जानकारी गराइने बताइएको छ ।
तालिम उद्घाटन कार्यक्रममा ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउँद ,निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर बोगटी वडा नम्बर १ का वडा अध्यक्ष भवानी प्रसाद उपाध्याय,रेडियो हाम्रो जाल्पाका समाचार प्रमुख निराजन भण्डारी,पत्रकार मीन बहादुर बुढा लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी जनकराज ढुङ्गाना गरे ।










