Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पहिलो पटक विज्ञापन खुलायो (बिज्ञापन सहित)

धनगढी:सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पहिलोपटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो।

आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो।

प्रदेश लोकसेवा आयोगका कम्प्युटर अधिकृत वीरसिंह भण्डारीलेदिएको जानकारी अनुसार जनरल फरेष्ट्री खुलातर्फ ९२, महिलातर्फ २५, आदिवासी जनजातीतर्फ २०, मधेसीतर्फ १६, दलिततर्फ ७, अपाङतर्फ ४ र पिछडीएको क्षेत्रतर्फ ३ गरी १६७ पदमा विज्ञापन गरिएको छ।

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले फागुन दोस्रो साता मात्रै वार्षिक कार्यतालिका सार्वजनिक गरेको थियो। तालिकाअनुसार वन सेवा, जनरल फरेष्टी, वन रक्षक र तहविहीन समूहतर्फ फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, फागुनमै प्रतिशत निर्धारण गर्ने र चैतको दोस्रो बुधबार विज्ञापन खोल्ने उल्लेख थियो।

यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुका लागि फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ।

सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका तयार भएको छ।

तपाईको प्रतिक्रिया