Advertisement
SKIP THIS
जिल्लामा भित्र दर्ता रहेका हातहतियार बुझाउन जिल्ला प्रशासन अछामको आग्रह

निराकरण सम्वाददाता अछाम:अछाम जिल्लामा भित्र दर्ता रहेका हातहतियारहरु बुझाउन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना जिल्लामा दर्ता भएका हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको हो ।

ईजाजत प्राप्त हातहतियारहरु मिति यहि २२ गते भित्रमा आ–आफ्ना नजिकको प्रहरी ईकाईमा बुझाउन हुन प्रशासनले आग्रह गरेको हो ।

बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाई नै फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।
कसैले विना ईजाजतका भरुवा तथा एयर गन बन्दुक राखेको भए समेत यहि २२ गते सम्ममा स्वतः स्फूर्तरुपमा नजिकको प्रहरी ईकाईमा बुझाउन समेत निर्देशन दिएको छ ।

निर्धारित समयभित्र नबुझाई अटेर गरेमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानून बमोजिमको कारवाही गरिने प्रमुख जिल्ला अधिकारी मरासेनीले बताए ।

तपाईको प्रतिक्रिया