Advertisement
SKIP THIS
श्रीलंकामा इन्धन भर्न लाइनमा बसेर पालो कुरिरहेका दुई जनाको मृत्यु

एजेन्सीः श्रीलंकामा इन्धन भर्न लाइनमा बसेर पालो कुरिरहेका दुई जनाको ज्यान गएको छ। झण्डै ७० वर्ष उमेरका उनीहरु मुलुकका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेका त्यहाँको प्रहरीले जनाएको छ।

चरम अभाव र आकाशिँदो मूल्य वृद्धिले देशभर जनताले कठिन अवस्थाको सामना गरिरहँदा पछिल्लो घटना सार्वजनिक भएको हो। केही सातादेखि श्रीलंकामा तेल भर्न घण्टौंसम्म मानिसहरु पेट्रोल पम्पमा पालो कुरेर बसका देखिन्छन्। श्रीलंकाले स्वतन्त्र राष्ट्रको रूपमा यस पटक इतिहासको सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ। देशमा अत्यावश्यक वस्तुको आपूर्तिको चरम अभाव छ।

विदेशी मुद्राको अभावसँगै अत्यावश्यक वस्तुको आयात घटाइएको छ। यसअघि कागज अभावमा सरकारले विद्यालयको परीक्षा अनिश्चतकालका लागि स्थगित गरेको छ।

तपाईको प्रतिक्रिया