Advertisement
SKIP THIS
साइन नेपालद्वारा दुईवटा बिद्यालयलाई ५ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण

निराकरण सम्वाददाता   डाेटि:मानवीय सेवामा अनेकौं प्रयास संस्था द्वारा आदर्श गाउँ पालिका वडा नम्बर ६ मा रहेकाे गिरिचौका माध्यमिक विद्यालय र वडा नम्बर २ मा रहेकाे कालि भैरव  माध्यमिक विद्यालय काेटान्जर लाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त संस्था द्वारा संचालित केयर एण्ड रिलिफ परियोजना वाट दुवै विद्यालय लाइ चार/ चार थान कम्प्यूटर,एक/एक थान प्रिन्टर,कटनरोल,बेटाडिन,स्प्रिट र हेण्ड प्लास्टर बितरण गरेको संस्थाका अध्यक्ष भक्त राज जोशीले बताए ।आधुनिक तथा प्रविधि युगमा बिध्यार्थी लाइ कम्प्युटर प्रयोगको बारेमा जानकारी होस र थप पठनपाठन मा सहयोग मिलाैस भन्ने उद्देश्यले उक्त सामग्री बितरण गरेको उनले बताए ।

याे विकट ठाउँको बिधालयलाई  सामाग्री दियर गुन लगाएको प्रधानाध्यापकले बताए ।बिधाललमा कक्षाकोठाको अभाव भएपनि व्यावस्थापन गरेर चार थान कम्प्यूटरले थप सबै बिध्यार्थीले प्रत्यक्ष प्रयोग गर्न सक्ने उनलेे बताए ।

तपाईको प्रतिक्रिया