अछाम: अछाम जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको लागि १ हजार २ सय ३१ म्यादी प्रहरी भर्ना लिईने भएको छ।
आगामी वैशाख ३० गते देश भर एकैसाथ हुने स्थानीय तहको निर्वाचनका लागि अछाममा १ हजार २ सय ३१ म्यादी प्रहरी भर्ना लिईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विगतमा म्यादी प्रहरीको कार्य अवधि ५५ देखि ६० दिन अर्थात् २ महिनाको हुने गरेको थियो । यस पटक भने एक महिना वा ४० दिन मात्र बनाउने तयारी भएको छ ।
तलब सुविधा पनि सोही अनुसार उपलब्ध हुने बताइएको छ । म्यादीलाई प्रहरी जवान सरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।
एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइने पनि बताइएको छ । उमेरको हकमा १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैत सम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।देशभर म्यादी प्रहरीका लागि गृहले १ लाखको माग गरेको छ।










