Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेशको एक मात्र बाल सुधार गृहमा ट्युसन कक्षा संचालन हुने

बिक्रम खड्का डोटी: डोटी सदरमुकाममा रहेको  सुदूरपश्चिम प्रदेशको एक मात्र बाल सुधार गृहमा ट्युसन कक्षा संचालन हुने भएकाे छ।

बिभिन्न मुद्दामा सजाए भाेगि रहेका ८ कक्षा देखि १२ सम्म आन्तरिक रुपमा साे अध्ययन गरिरहेका बालवालिकाका लागि  गणित र अग्रेजि बिषयकाे ट्युसन कक्षा संचालन हुने भएकाे छ।

साइन नेपाल कैलालीका अध्यक्ष तथा समाज सेवि भक्तराज जाेशिकाे व्यक्तिगत सहयाेगमा बालवालिका काे अध्ययन गर्ने बाताबरण लाई सहज गरि नजिकै आइरहेको कक्षा १० काे एसइई र ११ कक्षा र १२ कक्षाकाे परिक्षा लाई मध्यनजर गरेर ट्युसन कक्षा संचालन गर्न लागिएको बताए ।

वाल सुधार गृहमा हाल ४१ जना बालबालिका सजायँ भाेगि रहेका छन् भने जसमध्ये अध्ययन गर्ने कक्षा ७ मा २ जना कक्षा ८ मा २ जना कक्षा ९ मा ५ जना कक्षा १० मा ६ जना कक्षा ११ मा ८ जना कक्षा १२ मा ३ र  बिय र बिबिएसमा ४ जना आन्तरिक साे अध्ययनमा छन् ।

कक्षा ८ देखि कक्षा १२ सम्मका २४ जना विद्यार्थी लाइ गणित विषयका शिक्षक मदनराज जाेशि र अंग्रेजी विषयका शिक्षक रविन श्रेठलाई वाल सुधार गृहमै आयर ट्युसन पढाउने बातावरण मिलायकाे प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताए ।

साइन नेपाल कैलालिका अध्यक्ष एवंव लाेगाेस कम्प्युटर एन्ड एजुकेशन सेन्टर कैलालिका संचालक समेत रहेका जाेशि ले आफु सामाजिक प्राणी भएकाेले समाज सेवा गर्न रुचाउने गर्छु भन्दै आफ्नो व्यक्तिगत सहयाेग वाट ट्युसन कक्षा अध्यापन गराउने शिक्षककाे व्यवस्था गरेकाे बताए ।

उक्त व्यावस्थापन गर्ने कार्यक्रम प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का ,जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कान्ति जाेशि,गैर सरकारि माहासंघ सुदूरपश्चिमका उपाध्यक्ष रघू कठायत लगायत पत्रकारकाे उपस्थित रहेकाे थियाे।

तपाईको प्रतिक्रिया