Advertisement
SKIP THIS
अछाममा एमाले र माओवादीलाई धक्का, जनप्रतिनिधि सहित १२० बढी कांग्रेस प्रबेश

अछाम:नेपाली कांग्रेसको ´घर घर जाँउ काङ्ग्रेस जिताऔं´ अभियान अन्तर्गत नेपाली काङ्ग्रेस तुर्माखाद गाउँकार्यसमितिको आयोजनामा बिशाल आमसभा कार्यक्रम तुर्माखादमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य अम्बरे कामी,नेकपा एमाले संगठन कमिटी सदस्य  पद्मे कामी ,टेक बहादुर बुढा नेकपा माओवादीका नेता कृष्ण प्रसाद जैसी लगायत गाउँपालिकाका विभिन्न वडाबाट एमाले र माओवादीका १२० जना  बढी कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन्  । उनी हरुलाई प्रमुख अतिथि काङ्ग्रेस केन्द्रिय सदस्य सिता रानाले पार्टीमा स्वागत गरिन । ठुलो संख्यामा कार्यकर्ताहरु नेपाली काङ्ग्रेस प्रवेश गरे संगै नेकपा एमाले र माओवादी अछामलाई ठुलो धक्का पुगेको छ ।

नेपाली काङ्ग्रेस पार्टीको बिचार र सिद्धान्त मन परेको र आफ्नो भविष्य काङ्ग्रेस पार्टीमा भएको भन्दै काङ्ग्रेस प्रवेश भएको नव प्रवेशी हरुले बताए ।

तपाईको प्रतिक्रिया