Advertisement
SKIP THIS
आगामी निर्वाचनमा पार्टीको जीत सुनिश्चित :एमाले  इन्चार्ज बोहरा

अछाम:नेकपा एमाले साँफेबगर नगर कमिटीको चौथौँ विस्तारित बैठक विभिन्न निर्णय गर्दै साँफेबगरमा सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवरको अध्यक्षतामा बसेको विस्तारित बैठकले नगरपालिकामा रहेका १४ वटै वडा कमिटीहरुका भेला चैत्र १० गते एकै दिन गर्ने निर्णय गरेको छ।

बैठकले वडा कमिटीको भेला गर्दा पार्टीका जनवर्गीय संगठनहरु अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित मुक्ति समाज, किसान महासंघ र खेलकुद महासंघ अनिवार्य गठन गर्ने निर्णय गरेको छ। यस्तै बैठकमा आगमी चुनावमा पार्टीलाई विजय गराउनुका लागि सबै नेता कार्यकर्ताहरुले एकजुट भएर जाने निर्णय गरिएको छ।

बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम अछाम इन्चार्ज झपट बोहरा रहेका थिए । प्रमुख अतिथी बोहराले आशन्न स्थानीय निर्वाचनमा पार्टीलाई विजय गराउनका लागी सबै नेता कार्यकर्ताहरुको महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । प्रमुख अतिथि बोहराले सबै तहमा कार्ययोजना बनाएर अघि बढे आगामी निर्वाचनमा पार्टीको जीत सुनिश्चित रहेको बताउनु भएको छ। यस्तै उहाँले आगामी निर्वाचनमा नेकपा एमाले पार्टी पहिलो बन्ने दावी समेत गर्नु भएको छ। सरकारमा हुँदा एमाले पार्टीले देशमा थुप्रै विकास निर्माण र रचनात्मक कार्य गर्दै जनताको मनमुटुमा बस्न सफल भएको भन्दै बोहराले फेरि पनि जनताले एमालेको सरकार चाहेको बताए ।

सम्पूर्ण नेता कार्यक्रताहरुलाई पार्टीले गरेका हरेक रचनात्मक, लोकप्रिय काम र पार्टीका एजेण्डाहरुको बारेमा जनताहरुलाई जानकारी गराउन आग्रह गरे।

तपाईको प्रतिक्रिया