Advertisement
SKIP THIS
बुढीगंगा नदिमा भैसी तार्ने क्रममा अछाममा एक जना बेपत्ता

निराकरण सम्वाददाता अछाम:अछाममा भैसीलाई नदिमा तार्ने क्रममा एक जना बेपत्ता भएका छन ।

शनीबार साफेबगर नगरपालीका १३ बाब्ला बुढाबगर स्थित बुढीगंगा नदिमा भैसी तराउने क्रममा मेल्लेख गाउँपालीका ५ काटेका ३२ बर्षीय लाल बहादुर बोहरा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

बेपत्ता बोहराको ससस्त्र प्रहरी नेपाल प्रहरी स्थानिय र आफन्तहरुले खोजीरहेका छन ।बोहरा चैत २ गते हजुरबुवा नाता पर्ने लाल बहादुर बोहरा सँगै भैसी खरिद गर्न बाजुराको सिग्रे गएका थिए । शनीबार भैसी खरिद गरि घर फर्कने क्रममा भैसी तार्दे गर्दा बुढीगंगगा नदिमा बेपत्ता भएका हुन ।

तपाईको प्रतिक्रिया