Advertisement
SKIP THIS
अछामको कैलास खोलामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

निराकरण सम्वाददाता अछाम:अछाममा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाएको मृत्यु भएको छ।

गएराति साफेँ मंगलसेन सडक खण्डको कैलास खोलामा से.६ प १८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ चालक मंगलसेन नगरपालिका ९ ओलिगाउका बर्ष ४० बर्षिय माधव शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटर साइकल सडकबाट ५० मिटर तल खसेको छ।

मृतक शर्मा मंगलसेन नगरपालिका ९ ओलिगाउमा रहेको मंगला नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा लेखापालका रुपमा कार्यरत रहेका थिए ।

तपाईको प्रतिक्रिया