निराकरण सम्वाददाता अछाम:अस्पताल अछामको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शिव बोगटी नियुक्त भएका छन् ।
बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले अछाम अस्पतालमा व्यवस्थापन समितिको अध्यक्षमा बोगटीलाई नियुक्ति दिएको हो। संघियता पुर्ब स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट देशै भरिका अस्पतालमा अध्यक्ष नियुक्ति गर्ने चयन रहेको थियो ।
संघियता पछि प्रदेश सरकारले नियुक्ति गर्न थालेको छ। अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष नियुक्ति राजनीतिक सिफारिसका आधारमा हुदै आएका छन ।










