Advertisement
SKIP THIS
`घर- घर जाऔं कांग्रेस जिताऔं´अभियान मेल्लेख गाउँपालीका ७ मा सम्पन्न

निराकरण सम्वाददाता अछाम:घर घर जाऔं कांग्रेस जिताऔ भन्ने अभियानलाई आत्मसात गर्दै नेपाली कांग्रेस मेल्लेख गाउँपालीका ७ को डाडाबाडा टोलमा टोल कार्यसमिति गठन गरिएको छ।

जनक साउँदको सभापतित्वमा १९ सदस्यीय टोल कार्यसमिति गठन गरिएको हो।यस्तै साबिकको वडा नं ६ अठाडेमा समेत टोल समिति गठन गरिएको छ। अठाडेमा बिरेन्द्र साउँदको  सभापतित्वमा १९ जनाको टोल कार्य समिति गठन गरिएको जीवन बुढाले बताए ।

नेपाली कांग्रेस महासमिति सदस्य नृप साउँदको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा पूर्व पार्टी सभापति केवल बुढा र खडक साउद,जिल्ला सदस्य विमला कार्की,गाउँपलिका सदस्य केसु साउद र लालसरा बिक ट्रेड युनियन जिल्ला सचिव उपेन्द्र साउद,नृप साउद,डम्मर बुढा लगयतको सहभागीता रहेको थियोे ।

वडा सभापति गंग वहादुर बुढाको अध्यक्ष्ामा कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस मेल्लेख गाउँपालिका सह सचिव  जीवन बहादुर बुढाले बताए ।

तपाईको प्रतिक्रिया