Advertisement
SKIP THIS
अछाममा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’ अभियानको सुरुवात

निराकरण सम्वाददाता अछाम:नेपाली काँग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’  अभियान सुरुवात गरेको छ।

आईतवार जिल्ला  सदरमुकाम रहेको मंगलसेन नगरपालिकाबाट
कार्यक्रमको शुभारम्भ गरी जिल्ला व्यापी अभियान सञ्चालन गरिने नेपाली कांग्रेस अछामका सदस्य जनक राज भण्डारीले बताए ।

‘घर-घर जाऊ, काँग्रेस जिताऊ’  अभियान सञ्चालनका लागि तालिका नै प्रकाशित गरिएको काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहले बताए ।

आईतबार मंगलसैन नगरपालिका, ५ चैतमा तुर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका, ७ मा कमलबजार नगरपालिका र ८ मा पञ्चदेवल बिनायक नगरपालिकामा कार्यक्रम गरिने छ ।

यस्तै क्षेत्र नं १ का स्थानीय तह रामारोशन गाउँपालीकामा  चैत ९ गते, १० मा बान्नीगढी जयगढ गाउँपालिका, ११ मा मेल्लेख गाउँपालिका, १२ मा चौरपाटी गाउँपालिका र  १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने छ । 

तपाईको प्रतिक्रिया